New Cricket Ground In Dhangadhi
धनगढीमा नयाँ क्रिकेट मैदान बन्ने
यज्ञराज जोशीधनगढी फागुन २८ गते
धनगढीमा नयाँ क्रिकेट मैदान बन्ने भएको छ । मैदानको अभावले नियमित खेलमा समस्या देखिन थालेपछि यहाँका सरोकारबाला नयाँ खेल मैदानका लागि जुटेका हुन । धनगढीनगर पालिका वडा नम्बर १२ स्थित जुगेडामा नयाँ मैदानको सम्भावना खोजी भएको छ । मैदानको सम्भावनाका विषयमा यहाँका क्रिकेट प्रेमीहरु तथा स्थानियले सो मैदानको स्थलगत भम्रण पनि गरेका छन । स्थलगत भ्रमणबाट सो मैदान क्रिकेट खेलका लागि उपर्युक्त भएको निष्कर्ष निकालिएको छ । मैदान अवलोकनका लागि जुगेडा पुगेको टोलीका सदस्य सुवाश शाहीले मैदान दीर्घकालिन प्रयोजनका लागि उपयुक्र्त रहेको र यसको निर्माणसँगै धनगढीमा क्रिकेट खेल मैदानको अभाव पनि समाप्त हुने बताए । अहिले धनगढीमा एनपीएलको तयारीका लागि फाप्ला मैदान निर्माण कार्य भईरहेकोले एनपीएलको समाप्तीसँगै सो मैदान निर्माणमा जुट्ने उनले बताए । एउटा मैदान राष्ट्यि स्तरका प्रतियोगिताहरु आयोजना गर्न तथा अर्को क्षेत्रिय तथा स्थानिय प्रतियोगिताहरु आयोजना गर्न धनगढीमा दई वटा क्रिकेट मैदानको नितान्त आवश्यक रहेको कुरामा जोड दिदै उहाँले यस मैदानले दुवै आवश्यकता पुरा गर्ने बताए । उक्त कार्यका लागि सवैलाई सहयोगका लागि समेत उनले अनुरोध गरेका छन ।
साथै स्थानियले मैदान निर्माणको कार्य अगाढी बढाई दिन अनुरोध पनि गरेका छन । क्रिकेट मैदान निर्माणको खबरले स्थानिय बासी हर्षित बनेका छन । अवलोकन टोलीमा रहेका स्थानियवासी राजेन्द्र शाहले मैदान निर्माणको खबरले आफु तथा टोलबासी नै खुशी भएको र निर्माणका लागि चाहिने सम्पुर्ण कुराहरुको व्यवस्था गर्न आफुहरु तयार रहेको प्रतिवद्धता जनाए । हाल उक्त मैदान धनगढी नगरपालिकाको अधिनमा रहेको छ । उक्त मैदानमा क्रिकेट मैदानका लागि नगरपालिकाले स्थानियलाई यस अघि नै स्वीकृती दिईसकेको शाहले बताए । नगरपालिकाको स्वामित्तमा रहेको उक्त मैदानको आकार स्टेडियम निर्माणकालागि केही सानो हुने भएपनि स्थानियहरुले मैदान निर्माणकालागि आफ्नो निजी जग्गा दिन पनि तयार रहेको शाहको भनाई छ ।
नयाँ मैदानको निर्माणको खबरले आफुहरु पनि खुशी भएका यहाँका क्रिकेट प्रशिक्षकहरुले बताएका छन । जुगेडामा नयाँ मैदान निर्माण हुने भएपछि खेलाडीहरुलाई नियमित अभ्यास गराउन र प्रतियोगिताहरु सञ्चालन गर्न सहज हुने क्षेत्र नम्बर ९ का क्रिकेट प्रशिक्षक किसन महतले बताए । उनले भने लामो मेहनत पनि फाप्ला क्रिकेट मैदान निर्माणको कार्य अन्तिम चरणमा छ, यस लगत्तै सो मैदान निर्माण गरिनेछ ।
यस अघि धनगढीमा मैदान अभावले गर्दा यहाँ विभिन्न प्रतियोगिताहरुको आयोजना हुन सकिरहेका थिएनन । हालसालै मात्रै धनगढीमा हुने भनिएको एनपीएल प्रतियोगिता मैदान अभाव कै कारण धनगढी र महेन्द्रनगर दुवै सार्नुपरेको थियो । यस अघि प्रयोगमा ल्याईएका खेल मैदानहरुमा पनि विभिन्न समस्याहरु देखिदै आएका थिए । क्रिकेटका लागि उपयुक्त मानिएको अञ्चल प्रहरी कार्यालयको मैदान प्रहरी हाता भित्र रहेकाले सधै उपलब्ध नहुने समस्या छ भने फाप्लामा पनि स्वामित्त विवाद रहदै आएको छ । त्यस्तै यहाँ रहेका अन्य मैदानहरुको आकार सानो छ । तर जुगेडामा धनगढी क्रिकेट मैदान निर्माण भएसँगै त्यहाँ निर्धक्कका साथ प्रतियोगिता सञ्चालन हुने विश्वास खेल प्रेमीहरुले लिएका छन । साथै सो क्षेत्रमा मैदान निर्माण भएसँगै त्यहाँ विकाशको लहर पनि सुरु हुनेछ । जसको प्रत्यक्ष लाभ स्थानियलाई हुने भएकाले मैदान निर्माणका लागि स्थानियबासीको पुर्ण सहयोग रहदै आएको छ ।
फोटो ः मैदान अवलोकन गर्दै यस क्षेत्रका क्रिकेट प्रेमीहरु तथा स्थानिय बासिन्दा । र मैदानका केही तस्बिरहरु
0 comments :
Post a Comment